भारतमा पछिल्लो ३ दिन दैनिक संक्रमित संख्या ओरालो लाग्दै, मृत्यु हुनेको संख्या भने उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो ३ दिन दैनिक संक्रमित संख्या ओरालो लाग्दै, मृत्यु हुनेको संख्या भने उच्च

एजेन्सी । भारतमा लगातार तेस्रो दिन दैनिक कोरोना संक्रमित हुनेको संख्यामा गिरावट आएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १९ लाख ८३ हजार ८ सय ४ परीक्षणमध्ये तीन लाख ४८ हजार ५ सय २९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

लगातार तेस्रो दिन संक्रमित संख्या घटीरहेकाले भारतमा कोरोनाको दोश्रो लहरको उच्च विन्दूमा पुगी झर्न लागेको हुन सक्ने विश्लेषण गरिएको छ । दैनिक संक्रमित संख्या ओरालो लाग्न अघि भारतमा लगातार पाँच दिन दैनिक संक्रमित संख्या चार लाख नाघेको थियो ।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या दुई करोड ३३ लाख ४० हजार ९ सय कटेको छ ।

दैनिक संक्रमित संख्या ओरालो लागेको भएपछि सो अवधिमा मृत्यु हुनेको संख्या भने बढी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा चार हजार २ सय ५ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १ सय ९७ पुगेको छ ।

सोही अवघिमा भारतमा तीन लाख ५५ हजार ३ सय ३८ संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा एक करोड ९३ लाख ८२ हजार ६सय ४२ ले कोरोना जितेका छन् ।
भारतमा हाल ३७ लाख ४ हजार ९९ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);