अन्तर्राष्ट्रिय नर्स दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस । नर्स नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन भन्ने नाराका साथ मनाइँदै छ ।

अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ । आधुनिक नर्सिङ पेसाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने थालिएको हो ।

कोरोनाको यो महामारीमा नर्सहरुको भूमिका महत्वका साथ हेरिएको छ । यो वर्ष नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);