भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या डेढ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या डेढ लाख नाघ्यो

एजेन्सी, २९ चैत । भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार :

भारतमा एकै दिन संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो
भारतमा दैनिक संक्रमित संख्यामा हरेक दिन उच्च रेकर्ड, पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढी संक्रमित
संक्रमित संख्यामा दैनिक रेकर्ड बनाउँदै भारत, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार नाघ्यो

भारतमा दैनिक संक्रमित संख्या हरेक दिन उच्च हुँदै गईरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका १० राज्यहरु महाराष्ट्र, छत्तीसगढ, उत्तर प्रदेश, दिल्ली, कर्नाटक, तमिल नाडु, केरला, मध्य प्रदेश, गुजरात र राजस्थानमा दैनिक संक्रमित हुनेको संख्या उच्च देखिएको छ ।

भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ३३ लाख ५८ हजार ८ सय ५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ८ सय ३९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म एक लाख ६९ हजार ३ सय ५ जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् । जसअनुसार भारतमा हालसम्म एक करोड २० लाख ८१ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । हाल भारतमा ११ लाख ८ हजार ८७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो एक महिना यता भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । कोरोनाविरुद्धको खोप अभियान चलिरहेको भएपनि दैनिक संक्रमित संख्या उच्च हुँदै गईरहेको छ ।

भारतमा हालसम्म १० करोड १५ लाख ९५ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);