बंगलादेशको पद्मा नदीमा डुंगा दुर्घटना, २६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बंगलादेशको पद्मा नदीमा डुंगा दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

बंगलादेशको सिब्चर शहरकोे पद्मा नदीमा ३६ यात्रु सवार रहेको डुंगा नदीको किनारमा रहेको अर्को डुंगासँग ठोक्किएर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका बताइएको छ भने १० जना भने पौडिएर बच्न सफल भएका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको सो डुंगा तीव्र गतिमा रहेकै कारण भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ ।

बंगलादेशमा कोरोना नियन्त्रणका लागि जारी गरिएका लकडाउनबीच यातायातका साधन नचलेपछी सर्वसाधारण डुंगाबाट आवतजावत गर्न थालेसँगै दुर्घटना पनि बढेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);