बंगलादेशको राजधानी ढाकाको सित्लाख्सया नदीमा डुंगा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशको राजधानी ढाकाको सित्लाख्सया नदीमा डुंगा दुर्घटना

एजेन्सी, २३ चैत । बंगलादेशको राजधानी ढाकाको सित्लाख्सया नदीमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

आईतबार ढाकाबाट २० किलोमिटर दुरीमा रहेको नारायणगंज जिल्लाबाट मुंसीगंजतर्फ गईरहेको डुंगा दुर्घटना भएको हो । ५० जना यात्रु सवार डुंगा मालवाहक जहाजसँग ठोकिँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सरकारले कोरोना भाईरसको संक्रमण बढेको भन्दै सोमबार देखि १ हप्ता लामो देशव्यापी बन्दको घोषणा गरेपछि उक्त डुंगा आफ्नो गृहनगर जाने मानिसहरुले भरिएको थियो ।

बंगलादेशमा हरेक वर्ष डंगा दुघर्टनामा परी सयौं मानिसहरुको मृत्यु हुने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);