जापानमा शक्तिशाली आँधीका कारण ११ को मृत्यु, तीन सय बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापानमा शक्तिशाली आँधीका कारण ११ को मृत्यु, तीन सय बढी घाइते

एजेन्सी, २० भदौ । जापानको तोकुशिमामा शक्तिशाली जेबी आँधीका कारण ११ को मृत्यु भएको छ भने ३ सय भन्दा बढी घाइते भएका छन् । यो आँधी २५ वर्ष पछिकै ठूलो भएको अधिकारीले जनाएका छन् ।

आँधीबाट प्रभावित भएका १० लाख व्यक्तिहरुलाई सुरक्षित स्थानतर्फ लैजान सरकारले निर्देशन दिएको छ । जेबी नामक सो आँधी प्रति घण्टा २ सय १६ किलोमिटरको गतिमा आएको जापानको मौसम विभागले जनाएको छ ।

भारी बर्षा सहितको उक्त आँधीसँगै पश्चिमी जापानका केही स्थानमा पहिरोबाट जनजीवन प्रभावित भएको छ । शक्तिशाली आँधीका कारण लाखौ मानिसहरु समस्यामा परेका छन् ।

जापानको मौसम विभागले बाढि पहिरो र ठुलो हावाहुरीको सम्भावना अझै रहेकोले सावधानी अपनाउन आह्वान गरेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

भिडियो हेर्नुहोस्:

आँधीका कारण अस्तव्यस्त भएपछि उद्धारमा कठिनाइ भएको उद्धारमा संलग्न व्यक्तिहरुले बताएका छन् । सरकारले १० लाख व्यक्तिहरुलाई सुरक्षित स्थानतर्फ लग्न निर्देशन दिएको छ । आँधीका कारण केही भवन र सडकमा गुडिरहेका सवारी साधन तथा समुन्द्रमा केही डुङगामा क्षति पुगेको बताइएको छ ।

आन्तरिक उडानतर्फ करिब ६ सय उडान रद्ध गरिएको छ । केहि स्थानमा रेल सेवा पनि ठप्प बनेको छ । शक्तिशाली आँधीका कारण बुलेट ट्रेन पनि बन्द गरिएको छ । आँधी र बाढीका कारण मंगलबार कंसई अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका ३ हजार यात्रुलाई बुधबार गन्तव्यतर्फ पठाउने निर्देशन दिएको छ ।

आँधीका कारण बिजुली आपुर्तिमा पनि समस्या उत्पन्न भएको छ । उद्धारकर्ताहरु समुह बनाएर प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुटेका छन् । स्मरणिय छ सन् १९९३ मा जापानमा आएको आँधीमा परि ४८ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);