रोमनीयामा आँधीका कारण ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

एजेन्सी, २ असोज । रोमनीयामा पश्चिमी शहरमा गएको शक्तिशाली आँधीका कारण ८ जनाको मृत्यु भएको छ भने कम्तिमा ६ जना भन्दा बढि घाइते भएका छन् ।

अप्रत्यासितरुपमा आएको शक्तिशाली आँधीका कारण तिमीसीएरा शहरका बढि प्रभावित भएका छन् ।

१०० किमी प्रति घण्टाको रफ्तारले आएको सो आँधीले धेरै घरमा क्षति भएको छ । रुखहरु ढलेर सडक बन्द भएको छ । पानी र विद्युत् सप्लाई कटौती गरिएको छ ।

उक्त प्रान्तका मेयरका अनुसार मौसम विभागले सामान्य वर्षा हुने जनाएको कारण स्थानियले कुनै सचेतना नअपनाएको बताएका छन् ।
रोमनीयाका आकस्मिक सेवाले भने सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);