अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टकीमा आपतकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टकीमा आपतकाल घोषणा

एजेन्सी । अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ । 

आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);