भारी बर्षा, पहिरो र बाढीका कारण २० जनाको मृत्यु, २० जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वासिंटन, २० असोज । भारी बर्षा, पहिरो र बाढीका कारण २० जनाको मृत्यु भएको छ। अमेरिकाको मध्य क्षेत्रमा भारी बर्षापछि आएको आँधीमा परी कोस्टारिकामा ६, निकारागुआमा ११ र होन्डुरसमा ३ जनाको मृत्यु भएको हो। मध्य अमेरिकाको कोस्टारिका, निकारागुआ र होन्डुरस आँधीको चपेटामा परेपछि संकटकाल लागू गरिएको छ । आँधीमा २० जना हराईरहेका छन्।

त्यहाँका हजारौं जनता बिचल्लीमा परेका छन् । कोस्टारिकामा मात्रै ४० हजारभन्दा बढी मानिस बिजुली आपूर्ति बन्द हुँदा अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण कोस्टारिकामा दर्जनौं उडान रद्द हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

आँधीले ठाउँ ठाउँमा रुख र बिजुलीको पोल ढालेकाले यातायात सेवामा समेत कठिनाई भएको छ । आँधीले घरका टहरा उडाउनुका साथै सयौं सवारीमा क्षति पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);