समुद्री आँधीका कारण १५ जनाको मृत्यु, २० जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डोमिनिका, ६ असोज । मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य २० जना हराइरहेका छन्।

क्यारेबियन क्षेत्रमा क्षति पुर्‍याउँदै अघि बढेको मारिया आँधी ‘क्याटेगोरी ४’ को हो। यद्यपि, मानवीय क्षति भने तुलनात्मक रुपमा कम भएको र यो चमत्कार नै रहेको डोमनिकाका प्रधानमन्त्री रोसीभेल्त स्केरिटीले बताएका छन्।

सोमबार डोमिनिका पुगेको आँधीले सयौं घर ध्वस्त बनाएको छ । आँधीले पोर्टो रिकोमा क्षति गरेको थियो। पोर्टो रिकोभर बिजुली आपूर्ति बन्द भएको छ। यसअघि हार्बी आँधीले गएको महिना त्ही क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);