दक्षिण कोरियामा आएको समुद्री आँधी उत्तर कोरियातर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दक्षिण कोरियामा आएको समुद्री आँधी उत्तर कोरियातर्फ

typhoon lingling

एजेन्सी, २२ भदौ । दक्षिण कोरियामा हालै आएको समुद्री आँधी उत्तर कोरियातर्फ सरेको छ । दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका घरहरुमा क्षति र्पुयाएपछि उच्च सतर्कता अपनाइएको छ भने देशमा आपतकाल घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति र्पुयाएको छ । यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ । यसअघि दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

आँधीले बालीनाली नष्ट गर्न सक्ने र हजारौं नागरिक खाद्यान्नको अभाव झेल्न बाध्य हुने आंकलन गरिएको छ । आँधीले र्पुयाउन सक्ने क्षतिलाई मध्यनजर गर्दै बालीनाली जोगाउनका लागि बाँध र जलासयका संरक्षण धमाधम गर्न थालिएको छ ।

आँधी प्रभावित हुन सक्ने शहरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सोही समुद्री आँधीले दक्षिण कोरियाका १ सय ५० उडानहरु रद्द भएका कारण हजारौं यात्रु अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);