ट्रम्पद्वारा तालिवानसँगको शान्ति सम्झौता रद्द, लडाकुसँग वार्ता नगर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पद्वारा तालिवानसँगको शान्ति सम्झौता रद्द, लडाकुसँग वार्ता नगर्ने घोषणा

Donald Trump

एजेन्सी, २२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् ।

उनले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताएका छन् । अफगानीस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष अमेरिकी राजदुत जल्मे खलीलजादले सोमबार तालिवानीसँग वार्ता हुने मिति तय भएको बताएका थिए । तर वार्ताको एक दिन अघि नै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँग वार्ता नगर्ने घोषणा गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);