अफगानी सरकार र तालिवानी लडाकूबीच शान्ति सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानी सरकार र तालिवानी लडाकूबीच शान्ति सम्झौता

एजेन्सी,१८ मंसिर। अफगानिस्तान सरकार र तालिवानी लडाकूबीच युद्ध विरामका लागि शान्ति सम्झौता भएको छ ।

लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि भएको प्रयासस्वरुप लिखित रुपमै सम्झौता भएको हो । दुवै पक्षले यो सम्झौतालाई वार्ताका लागि प्राथमिक चरण रहेको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अफगान सरकारको वार्ता टोलीका सदस्य नादर नाडरीले वार्ताको सुरुवात भएकाले चाँडै नै निष्कर्षमा पु¥याउनका लागि थप छलफल अघि बढ्ने बताएको जनाइएको छ । तालिवानी लडाकूले पनि सम्झौतालगत्तै जारी गरेको संयुक्त वक्तव्यको मर्म अनुसार नै एजेण्डमा छलफल हुने बताएका छन् ।

यता सम्झौताको स्वागत गर्दै अफगानी राष्ट्रपति असरफ घानीले विद्रोहीसँग मुख्य विवादमै केन्द्रीत भएर वार्ता गर्ने बताउनुभएको छ । उहाँले लामो समयदेखि अफगान नागरिकको माग पूरा हुने आफ्नो अपेक्षा रहेको बताउनुभएको छ । उक्त शान्ति सम्झौताको विभिन्न मुलुकले पनि स्वागत गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुवै पक्षबीच साझा आधार खोजेर वार्ता सफल पार्न सुझाव दिनुभएको छ । सन् २००१ मा अमेरिकी सेनाले तालिवानीलाई सत्ताच्युत गरेदेखि निरन्तर हिंसाका घटनाहरु भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);