रासायनिक हतियारको अन्त्य गर्न संयुक्त राष्ट्रसंघका महासचिवकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रासायनिक हतियारको अन्त्य गर्न संयुक्त राष्ट्रसंघका महासचिवकाे आग्रह


एजेन्सी,१७ मंसिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।विश्वलाई नै रासायनिक हतियार विहिन बनाउनुपर्ने भन्दै उहाँले विश्वका सम्पूर्ण देशहरुलाई आग्रह गर्नुभएको हो ।

रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको बताउनुभएको छ । साथै उहाँले रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलंघन हुने गरेको समेत बताउनुभएको छ ।

रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुने भन्दै महासचिव गुटेर्रेस यसबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराउनुभयो । साथै सन्देश मार्फत उहाँले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);