अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ल्याटिन अमेरिकी देशहरुको भ्रमण रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ल्याटिन अमेरिकी देशहरुको भ्रमण रद्द

donald trump

काठमाडौं, २८ चैत । सिरियामा जारी युद्धमा ध्यान दिने भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन् ।

ट्रम्पले सिरियामा विकसित पछिल्लो परिस्थितिका कारण पूर्वनिर्धाति ल्याटिन अमेरिकी देशहरुको आफ्नो भ्रमण रद्द गरेको बीबीसीले जनाएको छ । सिरियाको पूर्वी गुटाको डोमा नगरमा भएको रासायनिक आक्रमणप्रति कडा प्रतिक्रिया जनाएको अमेरिका आफैँले निरीक्षण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकोले रासायनिक हमला भएको भनिएको स्थानमा अन्तराष्ट्रिय अनुसन्धानकर्तालाई विना कुनै अवरोध पहुँच दिन आह्वान गरेका थिए । घटनाको छानविनका सम्बन्धमा रुस र अमेरिकाले फरक फरक प्रस्ताव संयुक्त राष्ट्रसंघमा पेश गरेपछि महासचिव गुटेरेसको त्यस्तो प्रतिक्रिया आएको हो । रसियाले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्विकार गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);