रासायनिक हमलाको विरोधमा सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने अमेरिकाको संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रासायनिक हमलाको विरोधमा सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने अमेरिकाको संकेत

donald trump

काठमाडौं, २९ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने संकेत गर्दै रुसलाई तयार भएर बस्न चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत सिरियामा क्षेप्यास्त्र हमला गर्न सक्ने संकेत गरी तयार रहन रुसलाई चेतावनी दिएका हुन् । अमेरिकाले सिरियामा भएको रासायनिक आक्रमणमा रुसले सहयोग गरेको आरोप लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी सहयोगमा सिरियाली सरकारले रासायनिक हतियारको आक्रमण गरेको आशंका रहेको भन्दै अमेरिका क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा लागेको बताए ।

उनले सिरियामा आउने क्षेप्यास्त्रहरु नयाँ राम्रो र तिब्र गतिका हुने भन्दै तयार रहन रुसलाई चेतावनी दिए । यसअघि रुसले सिरियामा गरिने क्षेप्यास्त्रलाई बीचमै खसालिने बताएको थियो । सिरियाली प्रशासनले अमेरिकाजस्ता मुलुकबाट आउने गैरजिम्मेवार अभिव्यक्तिले कुनै फरक नपर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);