बेलायत सरकार सिरियामा गरिएको रासायनिक हमलाको जवाफ दिनुपर्ने पक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बेलायत सरकार सिरियामा गरिएको रासायनिक हमलाको जवाफ दिनुपर्ने पक्षमा

rasayanik hamala

काठमाडौं, ३० चैत । बेलायत सरकारले सिरियामा गरिएको रासायनिक हमलाको जवाफ दिइनु पर्ने बताएको छ । सिरिया हमलालाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध चलिरहेका बेला बेलायतले हमलाको जवाफ दिइनुपर्ने बताएको हो ।

मन्त्रिपरिषद्को दुई घण्टा लामो आपतकालीन बैठकले रासायनिक हमलाको जवाफ दिइनुपर्ने कुरामा सहमति जनाएको प्रधानमन्त्रीको कार्यालयले वक्तव्य जारी गरेर बताएको छ । कस्तो किसिमको जवाफ दिने भन्नेबारेमा प्रधानमन्त्री टरीजा मेले अमेरिका र फ्रान्ससँग समन्वय गर्ने वक्तव्यमा उल्लेख छ । अमेरिकाले सिरियामा गत शनिवार गरिएको रासायनिक आक्रमणमा सिरियाका राष्ट्रपति बसर अल असद तथा रुस र इरान जिम्मेवार रहेको आरोप लगाउँदै सैन्य कार्बाहीमा उत्रिने चेतावनी दिंदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको आक्रमणलाई लिएर आफू निकै चिन्तित रहेको भन्दै अब चाँँडै नै कार्बाहीमा उत्रिने निर्णय गर्ने बताए । रुसले भने अमेरिका सैन्य कारबाहीमा उत्रिए परिणाम राम्रो नहुने चेतावनी दिंदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);