रासायनिक हमलाः अमेरिका-रुसबीच आरोपप्रत्यारोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रासायनिक हमलाः अमेरिका-रुसबीच आरोपप्रत्यारोप

samyukta rastra sang

काठमाडौं, २७ चैत । सिरियामा भएको रासायनिक ग्यास हमलाको विषयलाई लिएर अमेरिका र रुस आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सिरियाको आक्रमणलाई लिएर अमेरिका र रुस आरोप प्रत्यारोपमा उत्रिएका हुन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियामा बालबालिकालाई रगताम्य बनाउन रुसले सहयोग गरेको आरोप लगाए । उनले सिरियाको डुमा क्षेत्रको विभत्स अवस्थालाई अमेरिकाले टुलुटुलु हेरेर बस्न नसक्ने र अमेरिकासँग थुप्रै सैन्य विकल्पहरू रहेको भन्दै चाँडै नै सैन्य हमलाको निर्णय लिने चेतावनी दिए ।

राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा क्षेत्रमा भएको घटनालाई लिएर अमेरिकाले सैन्य कारबाही गरे गम्भीर परिणाम निम्तिने जवाफ दिए । अमेरिकी र रुसी राजदूतले आरोप प्रत्यारोप गर्नुपहिले राष्ट्रसंघीय मानव अधिकार प्रमुखले विश्व शक्तिहरूले रासायनिक अस्त्रको प्रयोगबारे सामूहिक रूपमा उदासीनता देखाएको आरोप लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);