अमेरिकाद्वारा सिरियामा सैन्य आक्रमण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अमेरिकाद्वारा सिरियामा सैन्य आक्रमण सुरु

us-syria-missile

एजेन्सी, १ बैशाख । अमेरिकाले सिरियामा सैन्य आक्रमण सुरु गरेको छ । अमेरिकाले सिरियाको डुमा क्षेत्रमा रासायनिक हमला गरिएको विरोधमा सैन्य आक्रमण सुरु गरेको हो ।

सैन्य आक्रमणमा अमेरिकालाई फ्रान्स र बेलायतले समेत साथ दिएका छन् । सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।

गत शनिबार सिरियाको विद्रोही नियन्त्रित डुमा क्षेत्रमा रा सायनिक हमला भएको थियो । आक्रमणमा महिला र बालबालिका बढी प्रभावित भएका थिए । आक्रमणको विश्वभर कडा आलोचना भएको थियो । अमेरिकाले आक्रमणमा रुसले साथ दिएको आरोप लगाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);