भारतको हिमाञ्चल प्रदेशमा स्कूल बस दुर्घटना हुँदा ३० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतको हिमाञ्चल प्रदेशमा स्कूल बस दुर्घटना हुँदा ३० को मृत्यु

एजेन्सी, २७ चैत । भारतको हिमाञ्चल प्रदेशको कागडा जिल्लाको मलकवाल र खवाडा गाउँबीचमा भएको स्कूल बस दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन । मृत्यु हुनेमा २७ जना बालबालिका छन् । जो पढाइ सकेर घर फर्किदै थिए । दुर्घटनामा परेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

बिहान ८ बजे बिद्यालय पढ्न गएका बिद्यार्थी घर पुग्न सकेनन् । रामसिंह पठानिया मेमेरियल स्कूलको बस मलकवाल नजिकको सडकबाट चार सय फीट गहिरो खोचमा खसेको छ । बस चालक र दुइजना शिक्षकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

मृतकका परिवारले दुर्घटनाको जाँच हुनु पर्ने माग गरेका छन् भने प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा दुइजना बालबालिका गुमाएका राघवसिंहले जोखिमयुक्त सडकमा पुरानो बस संचालन गर्नु र चालकको असवाधानीले दुर्घटना भएको बताए ।

उद्धारकर्ताहरुले दुर्घटना स्थलमा बसलाई काटेर घाइते र मृतकहरुको शव निकालेका थिए । केही अभिभावकहरु आफना बालबच्चा घर फर्किने आशमा आफनो घर अगाडी पर्खिरहेको देख्दा त्यहाँको अवस्था भावबिह्ल भएको छ ।

सबैका आँखामा आँसु थामिएको छैन । स्थानीय गाउँलेहरुले स्कूल बस संचालकहरुले सिमित गतीमा बस चलाउनु पर्ने, समयमै गाडीहरुको मर्मत संहार गरेर मात्र सवारी साधन सडकमा चलाउनु पर्ने र ट्राफिक प्रहरीले चेक जाँच कडा पार्नु पर्ने माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);