मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल

russia-syria-missile

एजेन्सी , २ बैशाख । सिरियामा अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ । अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भत्र्सनाका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा समर्थन जुटाउने रुसको प्रयास विफल भएको हो ।

सिरियामा यी तीन राष्ट्रले गरेको मिसाइल आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिएको छ । रुसले सिरियाको सरकारी अखडामा आक्रमण गरेर अमेरिका, बेलायत र फ्रान्सले अन्र्तराष्ट्रिय कानुनको घोर उल्लंघन गरेको आरोप लगाएको छ ।

अमेरिकाले भने सिरियामा रासायनिक हतियारको प्रयोग रोक्न सिरियामा पुनः मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई रासायनिक हतियार प्रयोग गर्ने अधिकार नरहेको भन्दै रोक लगाएर देखाउने दाबी गरिन ।

बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तराष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए । चीनले सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने भन्दै अमेरिकी आक्रमणको विरोध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);