अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा सयजना यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा सयजना यात्रुको मृत्यु

एजेन्सी, २८ चैत । अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा सयजना यात्रुको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी अल्जियर्स नजिकै बुफारिक एयरबेसमा आइलुसिन–७६ विमान दुर्घटनामा परेको हो ।

आज बिहान भएको दुर्घटनामा ठूलो संख्यामा सैैनिकको निधन भएको अल्जेरियन स्टेट रेडियोले जनाएको छ । विमानमा सैन्य सामाग्रिसहित २ सय यात्रु रहेको बताइएको छ ।

घाइतेको उद्धारका लागि उद्धारकर्ता र दुर्घटनाग्रस्त स्थलमा एम्बुलेन्सहरु परिचालन गरिएको छ । राजधानी अल्जेरिस नजिकै रहेको बैउफरिक विमानस्थल अल्जेरियाको प्रमुख सैन्य विमानस्थल हो ।

उक्त विमान पश्चिमी अल्जेरियाको सहर बेचारतर्फ उडिरहेको थियो । अल्जेरियन अनलाईन संचामाध्यममा राखिएका तस्बिरमा घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो उडिरहेको र उद्धारकर्मीहरुको भिड लागेको देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);