एजेन्सी । भारतकाे महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारकाे विमान दुर्घटनामा परेर निधन भएको छ। चार्टर्ड विमान आज (बुधबार) बिहान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा उनकाे निधन भएको हाे ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
विमान मुम्बईबाट बारामतीतर्फ उडिरहेको अवस्थामा अवतरण प्रयासका क्रममा रनवे नजिकै क्र्यास भएको प्रारम्भिक रिपोर्टले बताएको छ। विमानमा पवारसँगै उनका सुरक्षा कर्मचारी, एक सहायक र दुई चालक थिए र सबैको घटनास्थलमै मृत्यु भएको छ।
घटनाको कारण पत्ता लगाउन भारतको महान नागर विमानन प्रशासनले प्रारम्भिक अनुसन्धान शुरु गरेको छ। दुर्घटना स्थलमा विमानमा आगो फैलिएको दृश्य देखिएको छ ।
अजित पवार एक वरिष्ठ राजनीतिक नेता थिए र महाराष्ट्रको राजनीति तथा स्थानीय निर्वाचन अभियानका लागि यात्रा गर्दै थिए ।





