रुसको वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दलका ६ सदस्यसहित २८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुसको वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दलका ६ सदस्यसहित २८ जनाको मृत्यु

एजेन्सी । रसियाली एएन–२६ रुसी विमान दुर्घटना हुँदा विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ ।



मंगलबार बिहान रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार एक बालक सहित २२ जना यात्रुका साथै ६ जना चालक दलका सदस्य रहेका थिए ।

प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थल भन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको र त्यस लगत्तै विमानस्थलको राडार प्रणाली सँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरूको भनाई उद्रित गर्दे अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरू गरेको छ । दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);