भारतमा दैनिक कोरोना संक्रमितको संख्या ३४ हजारमा झर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा दैनिक कोरोना संक्रमितको संख्या ३४ हजारमा झर्‍यो

एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ३४ हजार ७ सय ३ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५१ हजार ८ सय ६४ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९७ लाख ५२ हजार २ सय ९४ पुगेका छन् ।

भारतमा हाल ४ लाख ६४ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५ सय ५३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ३ हजार २ सय ८१ पुगेको छ ।

भारतमा हालसम्म ३५ करोड ७५ लाख ५३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);