भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४० हजार ३ सय ८७ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ३ सय ५२ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९७ लाख ४ सय ३० पुगेका छन् ।

दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी हुँदा सक्रिय संक्रमित संख्या पनि घटिरहेको छ । भारतमा हाल ४ लाख ८२ हजार ७१ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ७ सय २३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् ।योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख २ हजार ७ सय २८ पुगेको छ ।

भारतमा हालसम्म ३५ करोड २८ लाख ९२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);