कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने बेलायत सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने बेलायत सरकारको तयारी

एजेन्सी । बेलायतमा आगामी जुलाइ १९ देखि कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको दर कम हुँदै गएकाले स्वास्थ्यका मापदण्ड अपनाएर जुलाइ १९ देखि आफ्नो मुलुकमा लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउन सकिने बताएका छन् ।

उनले अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र रेष्टुरेन्टमा क्यूआर कोड साइन गर्नुपर्ने नियम हटाइने जानकारी दिए ।

पूर्व निर्धारित रोडम्याप अन्तर्गत चौंथो तथा अन्तिम चरणमा ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सीमित दर्शकको नियम पनि हटाइने प्रधानमन्त्री जोन्सनले संकेत गरेका छन् । साथै बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि हटाइनेछ ।

विवाह, अन्त्येष्टी र अन्य समारोहमा सहभागी हुन कुनै रोक लगाइने छैन । विद्यालय, ट्राभल र सेल्फ आइसोलेसनको पूर्वनिर्धारित नियमबारे छिट्टै पुर्नविचार गरिने प्रधानमन्त्री जोन्सनले जानकारी दिए ।

यसैबीच सरकारले सेप्टेम्बर अन्तिमसम्म १८ वर्ष माथिका सबैलाई खोप लगाइने बताएको छ । हालसम्म बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);