देशका १६ करोड युवा तथा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको तयारी : राष्ट्रपति बाइडेन | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

देशका १६ करोड युवा तथा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको तयारी : राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् ।



अमेरिकी स्वतन्त्रता दिवस सम्ममा देशका १६ करोड युवालाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने राष्ट्रपति बाइडेनले बताए । साथै १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन सुरु गर्ने योजना आगाडी सारेको बाइडेनको भनाई छ ।

खोप लगाउने केन्द्रहरुबारे जानकारी भएको र खोप लगाउने प्रक्रियालाई सहज बनाउनका लागि बाइडेनले वेबसाइट समेत सार्वजनिक गरेका छन् ।

अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेका छन् । तर अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा भएको छ ।

खोपलाई लिएर शंकामा रहेका तथा खोपको विरोध गरिरहेकाहरुलाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा विश्वमै राम्रो गरेको इजरायलमा ६० प्रतिशत भन्दा बढि मानिसले खोपको कम्तीमा एक मात्रा लगाउँदा नै संक्रमण लगभग शून्यमा झरेको छ र त्यहाँ अधिकांश प्रतिबन्धहरु फुकुवा भएका छन् ।

यसैबिच अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडिएले १२ वर्षभन्दामाथि उमेरका लागि कोरोना भाइरसविरुद्धको फाइजरको खोप प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);