भारतमा पछिल्लो २४ घण्टामा तीन ३ लाख ८२ हजार भन्दा बढि नयाँ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा तीन ३ लाख ८२ हजार भन्दा बढि नयाँ संक्रमित

एजेन्सी । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन ३ लाख ८२ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३७८० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

हाल भारतमा ३४ लाख ८७ हजार भन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।  योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या दुई करोड ६ लाख भन्दा बढि पुगेको छ ।

भारतमा जम्मा एक करोड ६९ लाख भन्दा बढि संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हालसम्म १६ करोड ४ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

भारतमा दोस्रो लहरको संक्रमण बढ्दै जाँदा स्थिती भयावह भइरहेको छ । बेड र अक्सीजन अभावले उपचारमा कठिनाइ भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);