बंगालको मुख्यमन्त्री ममता बेनर्जीद्वारा लगातार तेस्रो कार्यकालको लागि सपथ | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

बंगालको मुख्यमन्त्री ममता बेनर्जीद्वारा लगातार तेस्रो कार्यकालको लागि सपथ

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा तृणमूल कांग्रेसकी नेतृ ममता बेनर्जीले लगातार तेस्रो कार्यकालका पदको सपथ लिएकी छिन्।

सपथपछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कोभिड संक्रमणमाथि काबु पाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएकी छिन् । ममताले सपथ लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बधाई समेत दिएका छन् ।

विधानसभा चुनावमा तृणमूल कांग्रेस र भाजपाबीच कडा टक्कर परेको थियो । दुवैतर्फका कार्यकर्ता एकअर्कासँग भिड्दा ठाउँठाउँमा झडपका घटना समेत भए ।

सपथलगत्तै मुख्यमन्त्री बेनर्जीले पश्चिम बंगालका राजनीतिक दललाई हिंसात्मक गतिविधि नगर्न अपिल गरेकी छिन्।

Leave a Reply

ताजा समाचार