कांग्रेसले निर्वाचनमा पराजय व्यहोरेपछि मुख्यमन्त्री बनर्जीद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसले निर्वाचनमा पराजय व्यहोरेपछि मुख्यमन्त्री बनर्जीद्वारा राजीनामा

mamata banerjee

काठमाडौं, १२ जेठ । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन् ।

पार्टीको आपतकालीन बैठक बोलाएर राजीनामा बुझाए पनि राजीनामा स्विकृत भने भएको छैन । बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बनर्जीले पार्टीको आन्तरिक बैठकमा आफूले मुख्यमन्त्री र पार्टी नेतृत्व छोड्न चाहेको भए पनि पार्टीले अस्वीकार गरेको जानकारी दिएकी छन् । उनले कुर्सी आफ्नो लागि महत्त्वपूर्ण नभएको र आफूले यसअघि केन्द्रीय मन्त्रीको पद छोडिसकेको भन्दै पार्टीको नेतृत्व लिनै पर्ने अवस्थाका कारण आफू कुर्सीमा रहिरहेको बताइन् । पश्चिम बंगालमा यसपटक भारतीय जनता पार्टीले १८ सिट जितेको छ भने तृणमुल कांग्रेसले २२ सिट जितेको छ । सन् २०१४ को निर्वाचनमा तृणमूल कांग्रेसले ३४ सिट जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);