भारतको ट्यूशन सेन्टरमा आगलागी हुँदा कम्तीमा १९ विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतको ट्यूशन सेन्टरमा आगलागी हुँदा कम्तीमा १९ विद्यार्थीको मृत्यु

surat fire

एजेन्सी, ११ जेठ । भारतमा एउटा ट्यूशन सेन्टरमा भएको आगलागीमा कम्तीमा १९ जना विद्यार्थी मारिएको अधिकारीहरूले बताएका छन्।

देशको पश्चिमी शहर सूरतस्थित ट्यूशन कक्षा स‌ंचालन भैरहेको सो भवनको झ्यालबाट कालो धुँवाको मुस्लो निस्किरहँदा विद्यार्थीहरू त्यहाँबाट हाम्फालेका वा खसेका दृश्य देखिएको थियो।

गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको घटनाबारे छानविन गर्न आदेश दिएका छन् । र तीन दिनभित्र एक प्रतिवेदन प्रस्तुत गरिने गुजरातका मुख्यमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएका छन्। राज्य सरकारले उक्त घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई चार लाख भारतीय रुपैयाँ सहायता स्वरुप उपलब्ध गराउने घोषणा पनि गरेको छ।

शुक्रबार साँझको उक्त घटनामा मारिनेमा धेरैजसो उक्त भवनमा संचालित ट्यूशन कक्षामा पढिरहेका किशोर उमेरका विद्यार्थीहरू रहेका ठानिएको छ।

आगलागीको कारण थाहा हुन सकेको छैन। अधिकारीहरूका अनुसार भवनको छाना ज्वलनशील बस्तुको भएकाले भरीभराउ कक्षा कोठाहरूमा आगो छिटो फैलिएको थियो।

अन्य कम्तीमा २० जनालाई गम्भीर चोट लागेको र तिनीहरूको गुजरातस्थित अस्पतालहरूमा उपचार भैरहेको बताइएको छ। रोएटर्स समाचार संस्थाका अनुसार मारिनेहरूको उमेर २० वर्षभन्दा कम रहेको छ र भर्यांग नजिकैबाट आगो सुरु भएकाले पनि धेरै जसो त्यहाँ फसेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);