बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);