पश्चिम बंगालकाे विधानसभा निर्वाचनमा बीजेपी पराजित, बेनर्जीको पार्टी टीएमसीले पुनः बंगालको सत्ता सम्हाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पश्चिम बंगालकाे विधानसभा निर्वाचनमा बीजेपी पराजित, बेनर्जीको पार्टी टीएमसीले पुनः बंगालको सत्ता सम्हाल्ने

एजेन्सी । कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।

पश्चिम बंगालसहित ५ वटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको हो ।

पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफु पराजित भएपनि उहांको दल टीएमसीले २ सय १४ सीट जितेको छ भने बीजेपी ७६ सीटमा खुम्चिएको छ । पछिल्लो मतपरिणामसंगै बेनर्जी पश्चिम बंगालको तेस्रो पटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो । त्यस्तै तमिलनाडुमा मुख्य क्षेत्रिय विपक्षी पार्टी डिएमके सत्तामा आएको छ ।

केरलामा बाम गठबन्धनले बहुमत हासिल गरेको छ । बीजेपी गठबन्धनले भने यहां कुनै सीट जितेन बीजेपीले असाममा भने जित हासिल गरेको छ । आसाममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ ।

यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);