Our Network

वैशाख २९ २०७८, बुधवार

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामको सहज जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबमा टोटनह्यामले सहज जित दर्ता गरेको छ ।

आइतबार राति खेलमा घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले शेफिल्ड युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ग्यारेथ बेलले ह्याट्रिक गरे ।

यस्तै सन हेङ मिनले एक गोल गरे । बेलले ३६, ६१ र ६९ औँ मिनेटमा गोल गरे भने सनले ७७ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ३४ खेलबाट ५६ अंक भएको छ ।

यो जितले आउँदो सिजन युरोपा लिगमा स्थान बनाउने सम्भावना कायम रहेको छ । त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले न्यूक्यासललाई २–० ले पराजित गरेको छ ।

आर्सनलको जितमा एल्नेनी र पियर एमरिकले गोल गरेका हुन् । जितपछि आर्सनल ३४ खेलबाट ४९ अंकसहित नवौँ स्थानमा छ ।

Leave a Reply