इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामको जित

एजेन्सी , २२ मंसिर । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गर्दै शीर्ष स्थानमा पुगेको हो ।

टोटनह्याम जितमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । १३ औँ मिनेटमा सन र पहिलो हाफको इन्जुरी समयमा केनले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ ।

दोस्रो स्थानको लिभरपुलको पनि समान २४ अंक नै भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । पराजित भएको आर्सनल १३ अंकसहित १५ औँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);