इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड फेरि बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड फेरि बराबरीमा

PremierLeagueLogo

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड फेरि बराबरीमा रोकिएको छ ।

मंगलबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २ –२ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १२ पुगेको छ । निरन्तर बराबरीको नतिजाले यो वर्ष पनि लिग उपाधि जित्न असहज हुने भन्दै युनाइटेडका प्रशिक्षक जोशेफ माउरिन्हो असन्तुष्ट भएका छन् । उनले खेलको नतिजाले आफूलाई दुखी बनाएको तर आफ्ना खेलाडीसँग भने खुशी भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना खेलाडीले अन्तिम समयसम्म पनि प्रयास गरेको बताएका छन् । युनाइटेटका लागि दुवै गोल लिंगार्डले गरे भने बर्नलीको लागि बर्नस र डिफोरले एक एक गोल गरे ।

यता टोटनह्यामले साउथह्याम्टनमाथि शानदार जित दर्ता गरेको छ । मंगलबार राती नै भएको खेलमा टोटनह्यामले साउथह्याम्टनमाथि ५–२ को फराकिलो जित निकालेको हो । टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरे । उनले २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै सन् १९९५ मा एलन सेररको कीर्तिमान तोडेका छन् । केनले यो वर्ष अर्थात सन् २०१७ मा ५६ गोल गरेका छन् । यो संख्या बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीको भन्दा २ गोल बढी हो । प्रिमियर लिगको अंक तालिकामा टोटनह्याम २० खेलबाट ३७ अंक बनाएर पाचौँ स्थानमा छ । साउथह्याम्टन भने समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ । मंगलबार राती नै भएका अरु खेलमा लिभरपुल, चेल्सी, वार्टफोर्ड र टोटनह्याम विजयी भए । हर्डसफिल्ड र स्टोक सिटी, वेष्टब्रोम र एभर्टन र ब्रोनमाउथ र वेष्ट ह्यामले भने बराबरी खेले ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);