इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र वुल्भ्स बराबरीमा रोकिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र वुल्भ्स बराबरीमा रोकिए

manchester united

एजेन्सी, ३ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको छ ।

स्टार खेलाडी पउल पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको छ । गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो खेलमा जित निकालेको युनाइटेडले सोमबार राति अवे मैदानमा भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता लिएको थियो । २७ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५ औँ मिनेटमा रुबेन नेवेसले वुल्भ्सका लागि बराबरी गोल गरे । बराबरीपछि युनाइटेडको दुई खेलबाट चार अंक भएको छ र उ चौथो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);