प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता

एजेन्सी, १७ माघ । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा सिटीले वेष्ट ब्रुमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले विजयी यात्रालाई निरन्तरता दिएको हो । सिटीको जितमा फर्नान्डिनो, केभिन डे ब्रुयन र सर्जियो अग्वेरोले एक एक गोल गरे । जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता बनाएको छ ।

म्यानचेस्टर सिटीले ६८ अंक बनाउँदा दोश्रो स्थानको म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । गएराती नै भएको खेलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग २–० गोल अन्तरले पराजित भएको छ । टोटनह्यामको जितमा एरिक्सन र जोन्सले एक एक गोल गरे । एरिक्सनले खेलको ११ सेकेण्डमै गोल गरेका हुन् भने  युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको हो। म्यानचेष्टर युनाइटेडको २५ खेलबाट ५३ तथा टोटनह्यामको ४८ अंक छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सी बर्नमाउथसँग ३–० ले पराजित भएको छ । बर्नमाउथले चेल्सीलाई पराजित गर्ने क्रममा तीनै गोल दोस्रो हाफमा गरेको हो । बर्नमाउथसँग पराजित भएसँगै चेल्सी चौंथो स्थानमा पुगेको छ । यस्तै लेस्टर सिटी एभरटनसँग २–१ ले पराजित भएको छ ।