अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा कोरोना विरुद्ध अभियानमा १० वटा कार्यकारी आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा कोरोना विरुद्ध अभियानमा १० वटा कार्यकारी आदेश जारी

एजेन्सी, ९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गर्नुभएको छ । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ ।

मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि १० वटा कार्यकारी आदेश जारी गर्दे राष्ट्रपति बाइडनले नागरिक एकतावद्ध हुनु पर्ने उल्लेख गर्नु भएको छ ।

कोरोना विरुद्ध अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएलगत्तै बाइडनले ट्रम्प प्रशासनको नीति विपरित महामारीविरुद्धको अभियानका लागि राष्ट्रिय रणनीति तय गर्नुभएको हो ।

दोस्रो विश्वयुद्धमा भन्दा धेरै अमेरिकीले कोरोना महामारीका कारण ज्यान गुमाएको भन्दै बाइडनले अहिलेको अवस्थालाई युद्धावस्थाका रुपमा चित्रित गर्नुभयो । बाइडेन प्रशासनले पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);