भारतको कर्नाटक राज्यमा एक खानी नजिकै ट्रक बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको कर्नाटक राज्यमा एक खानी नजिकै ट्रक बिस्फोट

एजेन्सी, ९ माघ । भारतको कर्नाटक राज्यस्थित शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिस्फोट हुँदा ६ जनाको मृत्युभएको छ । विस्फोटक पदार्थ बोकेको ट्रक विस्फोटहुँदा ६ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

ठुलोमात्रामा विस्फोटक जिलेटीनका डन्डी राखिएको ट्रक मध्यरातमा विस्फोट भएको बताइएको छ । बिस्फोटको दुर्गन्धका कारण पनि उद्दारकार्यमा कठिनाइ भएको बताइएको छ । बिस्फोटको आवाज र त्यसको झट्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरियो ।

आवाजलाई भूकम्प ठानेर धेरै स्थानीयहरु घरबाट बाहिर पनि निस्किएका थिए । धेरै घरको झ्यालको सिसा पनि फुटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);