इंग्ल्याण्डमा कोरोनाका कारण लामो समयदेखि लगाइएको लकडाउन खुकुलो बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इंग्ल्याण्डमा कोरोनाका कारण लामो समयदेखि लगाइएको लकडाउन खुकुलो बन्दै

एजेन्सी, ३० चैत । कोरोना संक्रमणका कारण इंग्ल्याण्डमा सन् २०२१ को सुरुवातबाट गरिएको लकडाउन आजबाट खुकुलो गरिएको छ ।

लकडाउन खुला भएसँगै सन् २०२१ को सुरुबाटै बन्द भएका गार्डेन, रेष्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्यूटी नेल सलुन, जिम, स्पा, स्वीमिङ पुल आदि व्यवसाय पुनः खोल्न पाउने भएका छन् ।

अब एउटै घरका परिवार होलिडे जान सक्नेछन् तर खाने बस्ने उनीहरु आफैंले प्रबन्ध गर्नुपर्नेछ । त्यस्तै बिहेमा १५ जना र अन्त्यष्टीमा बढीमा १५ जनासम्म सहभागी हुन पाउनेछन् ।

नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले ५ जनवरी २०२१ बाट तेस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत हप्ता सम्बोधन गर्दै दोस्रो चरण अन्तर्गत अप्रिल १२ देखि पूर्व घोषित रोड म्याप अनुसार नै लकडाउन खुल्ला गरिने घोषणा गरेसंगै इंग्ल्याण्डको थप उत्साहित बनेका थिए ।

हाल जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसंगै पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमणको प्रभावमा निकै कमी आएको छ ।

तेस्रो लकडाउनको अवधिमा संक्रमण दर, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै उच्च बिन्दुमा पुगेको थियो । दैनिक संक्रमितको संख्या ७० हजारको हाराहारीमा पुगेको थियो भने दैनिक मृतक संख्या एक हजार ८ सय नाघेको थियो ।

बेलायतमा गत वर्षको मार्च २३ तारिखबाट पहिलोपटक तीन महिना भन्दा लामो लकडाउन गरिएको थियो भने नोभेम्बर ५ बाट ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । तर, डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै नयाँ कोरोना भाइरस भेरिएन्ट देखा परेपछि संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो ।

जनवरी ५ बाट इंग्ल्याण्डमा तेस्रो देशव्यापी लकडाउन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);