कोरोना भाइरसको डेल्टा भेरियन्ट विश्वका ८५ देशमा, अष्ट्रेलिया, रुस र बंगलादेशमा नयाँ प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना भाइरसको डेल्टा भेरियन्ट विश्वका ८५ देशमा, अष्ट्रेलिया, रुस र बंगलादेशमा नयाँ प्रतिबन्ध

एजेन्सी । नेपाललगायत भारतका थुप्रै शहरमा निषेधाज्ञा खुकुलो भएर जनजिवन सामान्य अवस्थामा फर्किदै गर्दा कोरोना भाइरसको डेल्टा भेरियन्ट विश्वका ८५ देशमा फैलिएको छ । अष्ट्रेलिया, रुस, इजरायल र बंगलादेश सहित विश्वका ८५ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट भेटिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलियाको सिड्नीलगायत केहि शहरमा एकैसाथ डेल्टा भेरियन्टका संक्रमित भेटिएपछि ९ जुलाईसम्म लकडाउन लागू गरिएको छ । यसैगरी रुस , इजरायल , बंगलादेश , थाइल्याण्ड इन्डोनेशिया लगायत ८५ वटा मुलुकमा डेल्टा भेरियन्ट पाइएको छ । रुसको मस्कोसमेत केही इलाकामा प्रतिबन्ध लगाइएको छ ।

बढ्दो संक्रमणका कारण बंगलादेशमा सिमित प्रतिबन्ध सहितको लकडाउन घोषणा गरिएको छ । थाइल्याण्ड र इण्डोनेशिया र इजरायलमा पनि डेल्टा भेरियन्ट पुष्टि भएपछि थप सतर्कता लागू गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);