विश्वभर कोरोना संक्रमितको साप्ताहिक संख्या पुनः बढ्दै गएको डब्लुएचओको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वभर कोरोना संक्रमितको साप्ताहिक संख्या पुनः बढ्दै गएको डब्लुएचओको चिन्ता

WHOL

एजेन्सी । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको साप्ताहिक संख्या पुनः बढ्दै गएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको डब्लुएचओले जनाएको हो ।

कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा बृद्धि भएको जनाइएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार संक्रमित भएको र त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लएचओको भनाई छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको संख्या पनि बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओको भनाई छ । संक्रमितहरुको कुल संख्या आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);