भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको डब्लुएचओको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको डब्लुएचओको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ ।

कोरोना विरुद्धको खोपको कमजोर वितरण प्रणालीका कारण भारतमा कोरोना महामारी नियन्त्रण बाहिर गएको डब्लुएचओले ठहर गरेको हो ।

भारतमा दैनिक ३० लाख भन्दा बढी संक्रमित हुने गरेको भन्दै डब्लुएचओले तत्काल ठूलो चिकित्सा सहायताको आवश्यकता रहेको जनाएको छ ।

संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अस्पतालहरुमा बेडको अभाव भएको छ भने मृतकको अन्तिम संस्कारका लागि घाटमा समेत शव जलाउन पालो पर्खनुपर्ने अवस्था भएको छ ।

यस्तै माग अत्यधिक भएपनि अस्पतालहरुले अक्सिजन उपलब्ध गराउन सकेका छैनन् । बिरामीको संख्या बढेसँगै समुदायस्तरमै बिरामीको उपचार भइरहेपनि पर्याप्त नभएको डब्लुएचओले जनाएको छ ।

यसैबीच अमेरिका, फ्रान्स र बेलायतलगायतका मुलुकले भारतमा अक्सिजनसहित विभिन्न उपचार सामग्री भारत पठाउन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);