हावाबाटै अक्सिजन उत्पादन गर्ने जेनेरेटर भारतले पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हावाबाटै अक्सिजन उत्पादन गर्ने जेनेरेटर भारतले पाउने

india jhanda

एजेन्सी । अमेरिकी सैनिकहरुले प्रयोगमा ल्याईरहेको हावाबाटै अक्सिजन उत्पादन गर्ने जेनेरेटर भारतले पाउने भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएसँगै अक्सिजनको अभाव भएकाले अमेरिकाले यस्तो उपकरण दिन लागेको हो ।

वायुमण्डलमा रहेको हावाबाट अक्सिजन तयार गर्ने यस्ता मेशिन अमेरिकी सेनाहरुले युद्धमा क्रममा उपयोगमा ल्याउने गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाईडेनका सुरक्षा सल्लाहकार ज्याक सुलेभानले अमेरिकी गृह र रक्षा मन्त्रालय सम्बद्ध अधिकारीसँगको बैठकमा कोरोना महामारीसँग जुधिरहेको भारतमा अक्सिजनको अभाव भएको बिषयमा छलफल गर्नुभएको थियो ।

यी उपकरण युद्धको अग्रीम मोर्चामा रहेका सेना घाईते भएर उसलाई तुरुन्त अक्सिजनको आपुर्ती गर्नैका लागि अमेरिकाले यतिबेला दुई प्रकारका अक्सिजन जेनेरेटस उपयोगमा ल्याईरहेको छ ।

यो उपकरणले एकै पटकमा ४० जना विरामीहरुमा अक्सिजनको आपुर्ती गर्न सक्दछ । अर्को सानो आकारको अक्सिजन जेनेरेटरले भने एक जना विरामीलाई प्रति मिनेट २ देखि ३ लिटरसम्म अक्सिजन आपुर्ती गर्ने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);