कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिने डब्लुएचओको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिने डब्लुएचओको निर्णय

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

डब्लुएचओले बेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउने भएको छ ।

अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बिटा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’ र भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नामाकरण गरेको छ ।

यसअघि भारतमा अक्टोबरमा पहिलोपटक भेटिएको कोरोना भाइरसको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आपत्ति जनाएको थियो ।

नयाँ नामहरूको पूर्ण विवरण डब्ल्यूएचओले अग्नो वेबसाइटमा राखेको छ । ग्रीक अक्षरहरूले ती भेरियन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन नगर्ने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओको कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);