अफगानिस्तानमा बम बिस्फोट हुँदा चार सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा बम बिस्फोट हुँदा चार सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा एनडिएसका सदस्यहरुलाई लक्षित गरी गराइएको बम बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ ।

परवान प्रान्तको चारिकार शहरमा उक्त घटनामा भने अन्य चार जना घाइते समेत भएका छन् । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् । यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरूले बताएका छन् ।

आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् । विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरू जारी छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);