अफगानिस्तानमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अफगानिस्तानमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते

एजेन्सी ।  अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम स्थित विद्यार्थीहरु बसेकोे गेस्ट हाउस नजिकै कार बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको बताइएको छ । बिस्फोटमा ९० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);