भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, ३ हजार ५ सय बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, ३ हजार ५ सय बढीको मृत्यु

एजेन्सी ।  भारतमा पहिलो पटक एकैदिनमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख २ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख भन्दा बढी भइरहेको १०औँ दिनमा ४ लाख नाघेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

योसंगै भारतमा संक्रमितको संख्या करिब १ करोड ९२ लाख पुगेको छ । यस्तै त्यहाँ एकैदिन ३ हजार ५ सय २२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा दोस्रो लहरको संक्रमण बढ्दै जाँदा स्थिती भयावह भइरहेको छ । बेड र अक्सीजन अभावले उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न मुलुकले भारतलाई सहयोग गर्ने घाषणा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);